काठमाडौं, पुस २४ । कुनैपनि देशको आर्थिक मेरुदन्डको रुपमा हेरिने पुँजीबजार आर्थिक सूचक मापन गर्ने प्रमुख आधार मानिन्छ ।
आर्थिक तथा नीतिगत व्यवस्था, लगानीकर्ताको मनोबल तथा मुलुकको आर्थिक क्रियाकलापले पुँजीबजारलाई प्रभाव पार्ने गर्दछ ।
वर्षौंदेखि निरन्तरजसो ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको बजारमा पछिल्ला केही दिनको कारोबारले बजारमा सुधार हुने संकेत देखिएको छ ।
स्थीर सरकार र अन्य आर्थिक सूचकहरु सकारात्मक रहँदा पनि यस क्षेत्रका लगानीकर्ताको मनोबल बढ्न सकेको थिएन ।
तर, अब भने उकालो लाग्ने संकेत देखिएको विश्लेषण छ, चार्टड फाइनान्सियल एनालिस्ट हेमन्त बस्यालको ।
नेपाल आयातमा आधारित अर्थतन्त्र भएका कारण मुलुकको पुँजी अधिक बाहिरिने र यहाँ तरलता अभावको समस्या बल्झिरहनाले सेयरबजारमा अपेक्षित सुधार आउन नसकेको उनको भनाइ छ ।
धितोपत्र बजारमा धेरै सुधारहरु भएपनि यसलाई संस्थागत गरी अन्तर्राष्ट्रिय बजारसरह स्थापित गर्न भने केही चुनौती रहेको विश्लेषण छ, धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष डा. रेवतबहादुर कार्कीको ।





प्रतिक्रिया दिनुहोस्