काठमाडौं, पुस २४ । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य अंकले सकारात्मक रहेर थामियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंकले सकारात्मक रहेर १२ सय १३ कायम भयो ।
कारोबार पनि अघिल्लो दिनको तुलनामा सुधार आएर झन्डै अर्बनजिक पुग्यो ।
बिमा, लघुवित्त, व्यापार र विकास बैंक समूह सकारात्मक रहेसँगै नेप्से सकारात्मक रहेको हो ।
निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च ९५ अंकले उकालो लाग्यो । लघुवित्त समूह पनि ६३ अंकले बढ्यो । जीवनबिमा समूहमा पनि दोहोरो अंकले सुधार आयो । उत्पादनमूलक, होटल, अन्य, वाणिज्य बैंक, जलविद्युत्, वित्त र सामूहिक लगानी कोष सामान्य अंकले रातो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीका ३८ लाख ५० हजार कित्ता सेयर झन्डै ८४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्