Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


न्यायाधीशविरुद्ध परमादेश माग


0
Shares

काठमाडौ, कात्तिक १२ । सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

कृष्ण प्रसाईंसहितका अधिवक्ताहरुले १५ न्यायाधीशविरुद्ध दर्ता गरेको रिटमा शुक्रबारबाटै मुद्दा स्वच्छ सुनुवाइका लागि परमादेश जारी गर्न माग गरिएको छ ।

रिटमा मुद्दाको सुनुवाई नहुँदा बन्दी तथा थुनामा रहेकाहरुमा अपूरणीय क्षति हुने दाबी गरिएको छ ।

सो रिट निवेदन सर्वोच्चमा अध्ययनको क्रममा रहेकाले अध्ययनपश्चात दर्ता हुने नहुने टुंगो लाग्नेछ ।