९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


प्रिन्स सेमिफाइनलमा


0
Shares

काठमाडौं, पुस २४ । प्रिन्स दाहाल काठमाडौंमा जारी ‘प्रेसिडेन्ट कप नेपाल इन्टरनेसनल सिरिज २०२०’ ब्याडमिन्टनको पुरुष एकलतर्फ सेमिफाइनलमा पुगेका छन् ।

भारतका खेलाडीमाथि जित

भारतका खेलाडी आयन रसिदलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गर्दै प्रिन्स अन्तिम चारमा पुग्न सफल भएका हुन् ।

मिक्स्ड डबल्समा पराजित

तर, उनी मिक्स्ड डबल्समा भने पराजित हुन पुगे । रसिला महर्जनलाई जोडी बनाएका प्रिन्स भारतका आयन रसिद र तस्निम मिरसित २४–२६, २१–१४ र २१–८ ले पराजित हुन पुगे ।

निता अन्तिम चारमा

महिला एकलतर्फ निता लम्साल नेपालकै निलिमा महरालाई २१–१२ र २१–६ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भइन् ।

मिक्स्ड डबल्समा पनि सफल

यस्तै, निताले दोहोरो जित निकाल्नेक्रममा गोकुल जोरासित मिलेर मिक्स्ड डबल्समा नेपालकै नरेन्द्र बम र निलिमा महरालाई २१–१६ र २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन् ।

प्रतियोगितामा १९ वर्षमुनिको स्पर्धामा मात्र प्रतिस्पर्धा भइरहेको छ ।