Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सुशासनमाथि प्रहार : महत


0
Shares

काठमाडौं, साउन १८ । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले विकृति फैलने कामभन्दा पनि लगानी प्रवद्र्धन र उद्यमशील कार्यहरुमा जोड दिनुपर्ने बताएका छन् ।

वित्तीय कर्मचारी संघले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले प्रशासनलाई पार्टीकरण गरेको र सुशासनमाथि ठूलो प्रहार भएको आरोप लगाए ।

विकासशील मुलुकहरुमा नेपाल सबैभन्दा बढी कर लगाउने देश भएको बताउँदै उनले जनतालाई करको बोझ थपिएको बताए ।

अहिलेको आवश्यकता रेल र पानीजहाज नभएकाले सरकारले जनताका आवश्यकतालाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

२०४६ सालको परिवर्तनपछि कांग्रेसले वित्तीय क्षेत्रमा सुधार गरेको भन्दै  समृद्धिका कुरालेमात्रै विकास नहुने नेता महतको दाबी थियो ।

कर्मचारीको क्षमता विस्तारका लागि भन्दै वित्तीय कर्मचारी संघको दुईदिने तालिम काठमाडौंमा सुरु भएको हो ।