१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सप्तरीमा पहिलो पटक स्तन क्यान्सरको शल्यक्रिया


0
Shares

सप्तरी, पुस २४ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ ।

सप्तरीकै विष्णुपुर गाउँपालिका १ जमुनी मधेपुराकी ६० वर्षिया दुखनीदेवी खंगको डाक्टर राजिव मिश्राको टिमले साढे ३ घण्टा लगाई सफलतापुर्वक शल्यक्रिया गरेको हो ।

यो शल्यक्रियासँगै यस्तै गम्भीर प्रकृतिका विरामीलाई पनि उपचार दिन अस्पताल सक्षम रहेको डा. मिश्रको भनाइ छ ।

यस अघि अस्पतालले गम्भीर प्रकृतिका विरामीलाई जिल्ला बाहिर रिफर गर्दै आएको थियो ।