
काठमाडौं, पुस २४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबको कमजोर प्रदर्शन कायमै रहेको छ ।
संकटा ४–२ सशस्त्र
सशस्त्रले पाँचौं खेलमा बिहीबार संकटा क्लबसित पराजय व्यहोर्यो ।
दशरथ रंगशालामा भएको खेलमा सशस्त्र ४–२ ले पराजित भयो ।
गोलकर्ता
संकटाका लागि अजय कायोडेले दुई तथा लक्ष्मण रुचाल र कर्ण लिम्बूले समान एक/एक गोल गरे ।
३–० ले पछि परेको सशस्त्रका नवीन लामा र आशिष लामाले एक/एक गोल गर्दै अन्तर ३–२ को बनाएपनि अजयले दोस्रो गोल थपेपछि सशस्त्र कमजोर सावित भयो ।
संकटा सातौं स्थानमा
दोस्रो जितपछि संकटा ७ अंकसहित लिग तालिकाको सातौं स्थानमा पुग्न सफल भएको छ । सशस्त्र ४ अंकबाट ११औं स्थानमा कायमै छ ।
प्रतिक्रिया दिनुहोस्