नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई चिठी « Image Khabar


नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई चिठी


१२ कार्तिक २०७८, शुक्रबार ११:३६


संजिव कार्की

माननीय मुख्यमन्त्री,श्री राजेन्द्र पाण्डेज्यू ,
अभिवादन !
बधाई र शुभकामना
!

राजनीतिक,स्थिरता, शुशासन र विकासको नारा दिएर तपाईको पार्टी सत्तासीन भएको चार वर्षमा तीन जना मुख्यमन्त्री बन्ने र बनाउने सौभाग्यशाली पार्टीको नेता बनेर मुख्य मन्त्रीमा पदासिन हुनु भएकोमा बधाई र शुभकामना छ ! नेपाली रैतीको चाहना र रहर पूरा गर्न अर्को एक वर्ष भित्र अर्को पनि मुख्यमन्त्री बन्ने सम्भावना शायद जीवित नै छ । तपाईको गठबन्धनको अर्को घटक कांग्रेस पनि आलोपालोमा मुख्यमन्त्री खान मुख मिठ्याएर बसेकै छ रु यसबाट पनि राजनीतिक स्थिरता र शुशासनको लागि तपाईहरु एकीकृत नेकपा हुँदा र अहिले नयाँ पार्टी नेकपा ९एस० बनाएर आउँदा पनि उत्तिकै प्रतिबद्द हुनुहुन्छ भन्ने कुरा घाम जत्तिकै छर्लंग छ । तपाईहरु ओलीसँग जुन असहमति गरेर निस्कनु भयो आज सोही प्रवृति र शैली दोहोर्याउन लाग्नु भएकोले तपाईहरुको भविष्य पनि करिब करिब अन्दाज गर्न सकिन्छ ।

ओलीको अहम तोडन गर्नु भएको विद्रोहको सकारात्मक परिणतिको फलस्वरूप २०५६ सालको चुनावमा बामदेव गौतमको नेकपा मालेको नियति तपाईहरुको नहोस् सुभेच्छा छ । तर आज जे गरिरहनु भएको छ, सत्तामा पुग्न र टिक्न ज-जसलाई अघि लाउनु भएको छ त्यसले स्पष्ट संकेत गर्दैछ तपाईहरुले तय गरेको मार्गले दुर्घटना अवश्यम्भावी छ । त्यसले तपाईहरुको विद्रोह केवल सत्ता प्राप्ति र स्वार्थ सिद्द्को लागि मात्र भएको क्रमशः प्रमाणित हुँदैछ । तपाईको वागमती प्रदेशको मुख्यमन्त्रीमा आगमन पनि सोही कडीको शिलशिला हो । यदि सत्ता र स्वार्थको लागि नहुदो हो भने ७१ दिन अघि मात्र माधवकुमार नेपालको सहमति र सल्लाह्मा मुख्य मन्त्री हुनु भएकी कमरेड अष्टलक्ष्मीलाई गलहत्याएर तपाई नै किन मुख्यमन्त्री बन्न जानू भयो ?

तपाईहरुलाई धोका दिएर अष्टले राम्रो गर्नु भयो म भन्दिन तर तपाईहरुको समर्थन र सहमति लिएर नै अष्ट मुख्यमन्त्री बन्न जानु भएको तथ्य छिपेको विषय होइन नारी समानता, मर्यादा र अधिकारको कुरा गर्ने पार्टी र व्यक्तिले एक नारीलाई अपदस्त गरेर किन आफै जान राजी हुनुभयो ? महिला सहभागिता र प्रतिनिधत्व कम भएको सवाल गर्नेले पहिलोपटक मुख्य मन्त्री बनेकी महिलालाई हटाएर एक पुरुष सांसद जानु कति नैतिक हो ? अष्टलक्ष्मीलाई हटाउनु पार्टीगत कारण र राजनीतिक फेरबदलले सही भए पनि एक मात्र महिलाले पाएको अवसर अर्को पुरुष संसदले खोस्नु न्यायोचित भयो र ? के अष्टलक्ष्मीको स्थान लिन सक्ने अर्को कुनै महिला सांसद नेकपाको प्रदेश सभामा थिएनन् र ? नेकपा मात्रै हुँदा पनि डाक्टर शिवमाया तुम्बाहाम्फेलाई सभामुख हुन् रोक्ने तपाई जस्तै भालेवादी हुन् । आज अष्टलक्ष्मीको भाग खोसेर तपाईले नै खानु भित्र भालेवादी पुरुष अहंकारको झुसिलो डकार नभनौ कसरी ? तपाईले ग्रामीण विकासमा लिएको स्नातकोत्तरको शैक्षिक डिग्रीले इमान, मर्यादा र नैतिकताको भरण पोषण गरेर विवेक प्रदर्शन गर्नु पर्नेमा दम्भ र घमण्डको पगरी किन गुथ्यो ? समयले हिसाब किताब मागेको माग्यै गर्नेछ ।

माननीय मुख्य मन्त्रीज्यू ,
नेकपा समाजवादी भित्र मुख्यमन्त्री हुन् योग्य कोही महिला सांसद नभएर पक्कै होइन, तपाईको सत्तालिप्साले अष्टलाई विस्थापित गरेर भालेवादको गजुर हाल्न लाग्नु भयो । तपाई नै किन मुख्यमन्त्रीको एक मात्र हकदार निर्विकल्प उमेद्वार ? तपाई कहिल्यै अवसर नपाएको मान्छे हो रु तपाई दलित,सीमान्तकृत र अल्पसंख्यक समुदायको मान्छे हो रु तपाई पिछडिएको भूगोल र क्षेत्रको प्रतिनिधि पात्र हो रु भूमिहीन,श्रमजीवी, किसान मजदूर या कुनै विशेष क्षेत्रको विशेष अवस्थाको मान्छे रु या पटक पटक २०४८ देखि ९२०६४ बाहेक० २०७४ सम्म माननीय जितेको कृतिमानलाई पुरस्कृत गरिएको हो रु अब्बल र बेजोड प्रतिभाशाली व्यक्ति र उदाहरणीय व्यक्ति भएको कारण मात्रै तपाईलाई अवसर प्राप्त भएको हो या अरु अदृश्य कारणहरु छन् रु एक नारीको भाग खोस्न जानुमा तपाई जत्तिको मान्छेलाई अलिकति भए पनि अप्ठ्यारो लाग्नुपर्ने हो, होइन र ? कि स्थानीय विकास मन्त्री हुँदा गर्नु भएको राम्रा दीर्घकालीन काम र प्रशंसनीय उपलब्धिले तपाईको अपरिहार्य आवश्यकता देख्यो रु आफ्ना लोकप्रिय र जनपक्षीय कार्यक्रमलाई निरन्तरता दिन तपाईको अनिवार्यता पर्यो कि रु नेकपा समाजवादीमा बारम्बार र संधै अवसर पाउने तपाईको विशेषाधिकार छ ? अवसरको सदावहार हकदार तपाई मात्रै हो रु छोटो समयको मुख्यमन्त्री बन्न जानुको रहस्य के हो रु कतै यो अन्तिम अवसर हो अब चुनाव जित्ने चान्स पनि छैन र पार्टी गतिलो हुने छाँटकाँट पनि नभएको ठम्याईको कारण तपाईले अन्तिम अवसरलाई लज्जाबोध नगरेर नै आफ्नो लागि उपयोग गर्नु भएको त होइन रु पक्कै यसै हुनुपर्छ अन्यथा छोटो समयको लागि मरिहत्ते गर्नु पर्ने थिएन ?

यहाँले लिनु भएको निर्णय र पार्टीले दिएको जिम्वेवारी जे भने पनि त्यो निश्चयनै तपाईको पार्टी र जनताको हितमा छैन । स्वार्थी र मतलवी दुनियाँमा तपाईले जे गर्नु भएको छ त्यो तपाईको कोणबाट बेठिक छैन । तर तपाईको पार्टी र देशले भने कुनै अपेक्षा नगर्दा हुन्छ । म तपाईलाई डाक्टर गोविन्द केसी अनशन बसेको बेलाको प्रसंग स्मरण गराउन चाहन्छु । जतिबेला मनमोहन कलेजलाई सम्बन्धन दिन नसकिने कुरा भयो त्यतिबेला राज्यलाई अस्पताल बेच्छु राज्य किन्न तयार बनोस् भनेर तपाईको अन्तर्वार्ता विविसिमा बजेको थियो तर त्यसको ठिक एक वर्षपछि जब राज्यले मनमोहन अस्पताल किन्ने र तपाईहरुलाई क्षतिपूर्ति दिने कुरा चल्यो तब तपाईले आफ्नो पूर्व प्रतिबद्दता गरेकै छैन र होइन भनेर जिकिर गर्नु भयो । मैले अस्पताल बेच्ने कुरा गरेको छैन भनेर झिनो प्रतिवाद गर्न खोज्नु भयो । तपाईको कुरा खण्डित गर्न बीसबीसीले जब तपाईलाई पुरानो क्लिप सुनायो तब त्यो बेला अर्कै परिस्थतिमा बोलेको हो अहिले होइन भनेर तपाई पन्छनु भयो ।

सार्वजनिक रुपमा आफूलाई हल्का बनाउनु भयो । त्यतिमात्र होइन सत्याग्राही डाक्टर गोविन्द केसीलाई तथानाम भन्नु भयो । पागलको संज्ञा दिनु भयो । तर तपाईले दिनु भएको पागलको संज्ञा प्रत्युत्पादक बन्यो हजारौ मान्छेहरु म पनि पागल भन्दै सडकमा निस्किए पागल इमान र विद्रोहको मानक बन्यो । डाक्टर केसीलाई अनशन बसेको बेला मरे फरक पर्दैन भन्नु भयो र आफू पनि अनशन बस्ने बारम्बार धम्की दिनु भयो तर एक दिन र एक छाक देश र जनताको नाममा भोको बसेर अन्नपानी त्याग गर्ने हिम्मत गर्नु भएन । मुख मात्रै बारम्बार ब्याउनु भयो । यसरी सार्वजनिकरुपमा आफूलाई निकै तल्लोस्तरको मान्छेको रुपमा स्थापित गरेर व्यक्तित्वमा गिरावट रोज्नु भयो । मनमोहन अधिकारी जस्तो निस्कलंक व्यक्तिको नाममा निजी अस्पताल खोलेर अस्पताललाई व्यापार गर्न, नाफा खान मेडिकल कलेज बनाउने जुन धन्दा गर्नु भयो । व्यापारिक धन्दाको लागि बदनाम बनिन तयार हुनु भयो त्यसले तपाई नेताको कोटिमा भन्दा व्यापार गर्ने पुँजीवादी हुन् पुग्नु भयो ।

कम्युनिस्ट राजनीति गर्ने अनि शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई कमाइ खाने भाँडो बनाउने जुन हर्कत गर्नु भयो त्यसले तपाईले ओढ्नु भएको कम्युनिस्ट आवरणभित्र तपाईको आचरण छर्लंग देखियो । तपाई राजनीतिक नेता कम व्यापारी ज्यादा भएर देखिनु भयो । निर्लज्ज बनेर शिक्षा र स्वास्थ्यको व्यापारको प्रबक्ता र साहु बनेर प्रकट हुनुभयो । राजनीति र समाजसेवाको मुखुण्डो उत्रियो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद र प्रचण्डको मित्रतालाई (कांग्रेस माओबादीको सम्बन्धलाई) चाउरे पिरती भन्ने तपाई नेकपा माओवादीसँग एकता गरेर झुत्रे र झुम्रे मायाजालमा फस्नु भयो तसर्थ तपाई बोलि र वचनमा चुकेको र बोलीको वजन नभएको व्यक्ति हुनुहुन्छ । तपाईले विगतमा गरेको संघर्ष र राजनीतिक परिवर्तनको योगदान अविस्मरणीय छ जसको बदला तपाईले आफ्नो क्षमता भन्दा माथिको जिम्वेवारी पाउनु भएकै हो रत कार्यसम्पादन गतिलो भएन । स्थानीय विकास मन्त्री बन्दा उल्लेखनीय काम देखाउन सक्नु भएन । मेरो यी सबै कुराको पछाडिको तर्क भनेको नै क्षमताहीन मान्छेलाई पटक पटक अवसर र जिम्वेवारी दिनु हुदैन यो आवश्यक छैन भन्ने नै हो । आज तपाईलाई प्राप्त जिम्वेवारीले नेकपा एसलाई राजनीतिक घाटामा लैजान्छ भन्ने आम मान्छेको मत छ । यसो भन्दा तपाईको चित्त दुख्ला तर यथार्थ यही हो ।

राजेन्द्र पाण्डे ज्यू,
पोहोर केहीअघि वागमती प्रदेशको प्रदेश राजधानी छनौट गर्ने बेलामा तपाई विष खानु कि आत्महत्या गर्नु भनेर बहकिनु भएको थियो तर विष खाने र आत्महत्या गर्ने दुवै काम गर्न सक्नु भएन बरु राजनीतिक रुपमा नैतिकता र विवेक बन्धक राखेर ख्वामितहरुले जे भने त्यही गरेर आफ्नो आत्मसम्मान र स्वाभिमान बेच्नु भयो । जतिबेला विष खानु र आत्महत्या गर्नुको विकल्प विद्रोह गरेर आफ्नो नैसर्गिक अधिकार प्रयोग गर्नुपर्ने थियो सो पनि गर्न सक्नु भएन यदि त्यसो गर्न सक्नु भएको भए आज तपाईको उचाई चुलिएको हुन्थ्यो र संकट र असहज अवस्थामा देशको माटो छोएर निर्णय लिने नेताको दर्जा मिल्थ्यो दुर्भाग्य त्यसो गर्नु भएन ।

अत : नेता बन्न सक्नु भएन, सामान्य कारिन्दा हुनुभयो । तपाईसँग आफै नेता बन्ने र देश हाक्ने ल्याकत छैन । तसर्थ मुख्यमन्त्री तपाई बन्न सक्नु भयो चलाउन सक्नु हुन्न म ठोकुवा गरेर भन्छु । तपाई लाए अराएको काम गर्ने नेता हो, आफै केही गर्न सक्ने हुती र भिजन भएको व्यक्तित्व होइन । संघीयता खर्चिलो र बोझिलो भएको बेला तपाईले प्रस्तुत गर्नु भएको उटपट्याङ्ग प्रस्ताब वागमती प्रदेशको राजधानी दुई ठाउँमा बनाउनुपर्ने, हिउँद र बर्खामा फरक फरक स्थानमा तोक्ने अवधारणा सुनेर मलाई चै हाँसो लागेको थियो ।

देश काल र परिस्थति बुझ्ने र सो बमोजिम निर्णय लिने क्षमता छैन भन्ने कुरा प्रदेश राजधानी दुई ठाउँमा राख्ने प्रस्तावलाई लिन सकिन्छ ।यसर्थ ग्रामीण विकासमा तपाईले लिएको डिग्री कागजको खोस्टो मात्रै नहुनु पर्ने हो ? खर्चिलो र महँगो संघीयता भनेर सबैले स्विकार गरेको र संघीयता बारे रिथिकं र रिभिजिट गर्ने मनसाय सबैको रहेको बेला खर्च बढाउने उपाय सुझाउनु कति सान्दर्भिक र वस्तुनिष्ठ बिश्लेष्ण भयो होला रु हाम्रो जस्तो गरिब देश संघीयता चलाउन ऋण लिनु पर्ने देशलाई जर्मनीले अभ्यास गरेको दुई वटा राजधानीको उदाहरण कति तार्किक र विवेक सम्मत थियो होला रु तपाई आजको यूग सुहाउदो नेता होइन । तत्कालीन अबस्थामा पंचायतलाई उपयोग गर्ने नीति लिदा तपाई जिल्ला पंचायतको सभापति बनेर पंचायतमा जसरी काम गर्नु भयो त्यो नै तपाईको लागि प्रतिकुलतामा अनुकुलता थियो तर आज मुख्यमन्त्री बनेर तपाईलाई व्यक्तिगतरुपमा हुने अनुकुलता बाहेक अरु उपलब्धि हुन सक्तैन् ।

उस्तै परे विश्वासको मत लिनु अगावै तपाईलाई हटाउन गठबन्धन लागिपर्छ कथं विश्वासको मत प्राप्त भए पनि पाँच दलीय गठबन्धनको भुंग्रोमा तपाईले लगाउने खंलातीले पाइन् हाल्छ भन्ने कुरामा विश्वास छैन बरु आलोपालोको किचकिच शुरु गरेर कांग्रेसले तपाईलाई विष खाऊ कि आत्महत्या गरौको स्थितिमा पुन पुर्याउने छ । एउटा शिक्षक राजनीतिक कार्यकर्ता हुँदै जिल्ला पंचायतको सभापति चार पटक सांसद र मन्त्री अनि मुख्यमन्त्री तपाईका व्यक्तिगत गणनाका विषय हुन् तर देशकोलागि तपाईले गर्नु भएको गणनाको विषय बहुदलीय व्यवस्था प्राप्ति र गणतन्त्र ल्याउन योगदान बाहेक अरु देखिने उपलब्धि केही हुन सकेको छैन । जुन गुनको बदला जनताले चार पटक संसद निर्वाचित गरेर यहाँ लाई चुक्ता गरेका छन् ।


माननीय मुख्य मन्त्री ज्यू,
तपाईहरुले ओलीसँग विद्रोह गरेर नयाँ पार्टी नेकपा एस गठन गर्नु भएको छ । नयाँ पार्टी भएको आभाष दिलाउन पुराना कुरा र शैली फेर्नुपर्छ । नवीन सोच र शैलीलाई प्राथमिकता दिने छाती हुनुपर्छ । आज पनि पोथी बास्नु हुँदैन भन्ने शैली र परम्परागत सोचले काम गरियो भने नयाँ हुनुको आभाष जनताले कसरी पाउँछन् र चुनावमा पत्याउँछन् ? भ्रमको जालो तोडन ढुकुरको जत्रो छातीले सम्भव हुँदैन फराकिलो विशाल छाती चाहिन्छ जुन छाती मेडिकल व्यापारी र विचौलियाको लागि मात्रै छ जनताको लागि देखिएको छैन ।

मलाई आशा छ मेरा आरोप लान्छना या बिमति जे भने पनि यी सबै खारेज हुने गरि र मलाई लाज लाग्ने गरि माननीय मुख्यमन्त्रीले काम गर्नु हुनेछ । मैले अनाहकमा लेखे भनेर पछुतो गर्ने स्थिति बनोस् । मलाई गलत हुने छूट छ म जाबो भुइँ मान्छेको गलत कर्म र लेखाईले न्यून क्षति गर्छ तर तपाई मुख्य मन्त्रीले गलत गर्नु भयो भने देसले अपुरणीय क्षति भोग्नुपर्छ यसर्थ म गलत हुन चाहन्छु कृपया तपाई असल बन्दिनु होला । तपाईसँग मुलकको भाग्य र भविष्य जोडिएको छ । छोटो कार्यकालको लामो सम्झना रहने कार्य र नीतिगत निर्णय गर्नु म प्रशंसाको शब्द गुच्छा लिएर भेट्न आउने छु । अन्त्यमा पुन शुभकामना भन्दै पत्रको बिट मार्नु अघि सानो मुखले ठूलो कुरा बोलेको लागेमा माफी माग्दै बिदा चाहन्छु ।
धन्यवाद
तपाईको प्रदेशको रैती