१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


पानीपोखरीमा बिजुलीको पोलमा आगो लाग्यो


0
Shares

काठमाडौं, पुस २४ । काठमाडौंको पानीपोखरीमा रहेको बिजुलीको पोलमा आज दिउँसो आगलागी भएको छ ।

जापानी दूतावास नजिक रहेको बिजुलीको पोलमा लागेको आगो नियन्त्रणका लागि दमकल प्रयोग गरिएको थियो ।

आगलागीका कारण त्यस क्षेत्रको विद्युत आपूर्ति केही बेर बन्द भएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।