Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


बानेश्वरको भ्वाङ परेको सडक एक हप्तामा बन्छ– केयूकेएल


0
Shares

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)ले बानेश्वरको मुल सडकमा परेको भ्वाङ एक हप्ताभित्र टालिने जनाएको छ ।

सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुग्नुभएका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले तत्काल समस्याको समाधानका लागि पहल भइरहेको बताउँदै आउँदो एक हप्तामै काम सकिने जानकारी दिनुभयो ।

मंगालको भित्ता भत्किएको र पानी धेरै आएकोले सडकको भित्री भाग बगाएकाले सडकमा भ्वाङ परेको उहाँले बताउनुभयो । भत्किएको मंगालमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको उहाँको भनाइ छ ।

प्रमुख कार्यकारी अधिकृत शाक्यले यसअघि मंगाल राम्रोसँग नबनाएकोले समस्या आएको भन्दै काम गर्ने ठेकेदार कम्पनीहरूले राम्रोसँग काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ढलानको काम गर्दा नियमानुसार नगरेको र आ आफ्नो तरिकाले काम गर्दा यस्तो समस्या झेल्नुपरेको जिकिर गर्नुभयो ।