
काठमाडौं । भ्यालेन्सियालाई हराउँदै रियाल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गएराती साउदी अरेवियामा भएको सेमिफाइनल खेलमा रियाल मड्रिड ३–१ ले विजयी भयो ।
रियालको जितमा टोनी क्रुज, इस्को र लुका मोड्रिचले एक एक गोल गरे ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा भ्यालेन्सियाका डानी पारेयोले पेनाल्टीमार्फत एक सान्तोना गोल फर्काए ।
उपाधिका लागि रियालले अब बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
स्पेसिन सुपर कप फुटबलको दोस्रो सेमीफाईनल खेल आज राती हुनेछ ।
प्रतिक्रिया दिनुहोस्