विश्वकप ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा आज अष्ट्रेलियाले श्रीलंकासँग खेल्ने « Image Khabar


विश्वकप ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा आज अष्ट्रेलियाले श्रीलंकासँग खेल्ने



काठमाडौं । विश्वकप ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा बिहीबार (आज) अष्ट्रेलियाले श्रीलंकासँग खेल्नेछ ।

दुबै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् ।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो भने अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

यो समूहमा दुई खेलबाट ४ अंक जोडेको इंग्ल्याण्ड शिर्ष स्थानमा रहेको छ ।

बुधबार भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो । बुधबार भएको दोस्रो खेलमा नामिबियाले स्कटल्याण्डलाई ४ विकेटले पराजित ग¥यो ।