बार्सिलोनाका प्रशिक्षक रोनाल्डा कोम्यान बर्खास्त « Image Khabar


बार्सिलोनाका प्रशिक्षक रोनाल्डा कोम्यान बर्खास्त



काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ ।

ला लिगाको खेलमा गएराती रायो भायकानोले बार्सिलोनालालाई हराएसँगै प्रशिक्षक कोम्यान बर्खास्तीमा परेका हुन् ।

भायकानो विरुद्धको हिजोको खेलमा बार्सिलोना १–० ले पराजित भयो । लियोनल मेस्सीले क्लब छाडेपछि यो सिजनको सुरुदेखि नैं बार्सिलोना समालिन सकेको छैन । उसले जारी लिगमा १० खेलबाट १५ अंक मात्रै जोडेको छ ।

लिग तालिकामा बार्सिलोना अहिले नवौं स्थानमा रहेको छ । च्याम्पियन्स लिगको समुह चरणमा पनि बार्सिलोना तिनमध्ये दुई खेलमा हारेको छ । लगातार खराब प्रदर्शन गरेपछि क्लब व्यवस्थापनले प्रशिक्षक कोम्यानलाई हटाएको हो ।

कोम्यान विगत १४ महिनादेखि बार्सिलोनाका प्रशिक्षक थिए ।
ला लिगाकै अर्को खेलमा गएराति रियाल मड्रिडले ओसासुनासँग गोलरहित बराबरी खेलेको छ । १० खेलबाट २१ अंक जोडेको रियाल मड्रिड तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।