१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


सामना बैंकिङ पुरस्कार हस्तान्तरण


0
Shares

काठमाडौं । बैंक तथा वित्तिय क्षेत्र सम्बन्धि उच्चकोटीको अनुसन्धानात्मक विश्लेषणात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित सामना बैंकिङ पुरस्कारबाट विभिन्न व्यत्तित्वलाई पुरस्कृत गरिएको छ ।

यो पुरस्कारबाट तीन जना विद्यार्थी र एकजना पत्रकार भएका हुन् ।

तेस्रो सामना बैंकिङ पत्रकारिता पुरस्कार र बैंकिङ छात्रवृत्ति पुरस्कारबाट तीन जना अर्थशास्त्रका विद्यार्थी र एक आर्थिक पत्रकारलाई पुरस्कृत गरिएको हो ।

बुधबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले पुरस्कृतहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।