४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


लाईफ ईन्सोरेन्स कर्पाेरेशनले ल्यायो जीवन बचत योजना


0
Shares

काठमाडौं । लाईफ ईन्सोरेन्स कर्पाेरेशन (एलआईसि) नेपाल ले जीवन बचत योजना नामको नयाँ बीमा योजना ल्याएको छ ।

जीवन बिमासहितको खुसीको बचत, जीवन बचत भन्ने सन्देश सहित कम्पनीले एकल बीमाशुल्क जीवन बिमा योजना ल्याएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले योजनाको शुभारम्भ गरेका हुन ।

कम्पनीको यस बिमा योजना अन्तर्गत न्युनतम बिमांक १ लाख कायम गरिएको छ भने बिमाको अवधि न्युनतम ५ वर्ष र अधिकतम २५ वर्ष तोकिएको छ ।

यस योजनामा परिपक्वता पश्चात बिमितले ईच्छा अनुसार ५ देखी १० वर्ष भित्रमा सो रकम तोकिएको ब्याज सहित किस्ताबन्दिमा लिन सक्ने कम्पनीका बजार प्रमुख स्मृती राज कँडेलले जानकारी दिए ।

उत्कृष्ट विशेषता रहेको यस योजना ग्राहकमाझ लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।