Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा


0
Shares

काहेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गर्नुभएको छ ।

बुधबार प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले राजीनामा घोषणा गर्नुभएको हो । उहाँले प्रदेशसभामा विश्वास सम्बन्धी प्रस्ताव दर्ता गर्नुभएको थियो ।

नेकपा एमालेको अल्मतकाे सरकार भए पनि केही विकासका कामहरू गरेकाे दाबी गर्दै उहाँले भन्नुभयाे, ‘नेपालको संविधान १६९ (१) (क) अनुसार मैले आज मुख्मन्त्रीको नाताले मार्ग प्रशस्त गरेको छु ।’ 

मुख्यमन्त्री शाक्यले आगामी दिनमा बागमती प्रदेश सभामा मिलेरै अगाडी बढ्नका लागि राजीनामा दिनु नै राम्रो लागेको बताउनुभयो । नेकपा(एमाले) संसदीय दल, मन्त्रीहरू लगायत सबैको भावनाअनुसार आफूले पदबाट मार्ग प्रशस्त गरेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री शाक्यले आगामी दिनमा एमाले प्रतिपक्षको रूपमा रहे पनि बागमती प्रदेशको विकासका लागि मिलेर अगाडी बढ्न तयार रहेको बताउनुभयो । सत्तापक्ष र विपक्षबीचमा परम्परागत सोच राखेर प्रदेशको विकास गर्न नसकिने भन्दै उहाँले बागमतीलाई नमुना प्रदेश बनाउनका लागि एकअर्कालाई सहयोग गरेर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।

बागमती प्रदेश सभाको अर्को बैठक सूचना जारी गरेर बोलाइने सभामुखले जानकारी दिनुभयो । प्रस्तावमा कात्तिक ४ गते छलफल भए पनि मतदान लगायतका प्रक्रियाका लागि बुधबारको समय तोकिएको थियो ।