
बुटवल। नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानीका परिसूचकहरु राम्रो देखिएपनि वातावरण बन्न नसकेको बताएका छन् ।
बुटवलमा आयोजित १५ दिने औद्योगिक व्यापार मेलाको बुधबार समापन कार्यक्रममा उनले मुलुकको अर्थतन्त्र सुधारकालागि नीजि क्षेत्रको मनोवल बढाएर लगानी आकर्षण गर्न सरकारलाई सुझाव दिए ।
साना मझौला उद्यमीका लागि करको समस्या रहेकाले यी समस्या फूकाउनका लागि पनि उनले सरकारसंग आग्रह गरे ।
यस्तै निकासी सम्भावना भएका वस्तुको उत्पादन बृद्धि गर्न र कृषि उद्यमशिलता बिकासकालागि कृषिमा आधुनिकिकरण तथा प्रविधीको प्रयोगमा जोड दिए ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले मेलाले सिंगो बुटवलको बजारलाई नै चलायमान बनाएको बताउँदै देवीनगरमा सञ्चालन गरिएको मेलाले यहाँको पहिचान स्थापित गर्न सफल भएको दावी गरे ।
प्रतिक्रिया दिनुहोस्