काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय ब्याजदरमा स्थीरता आएको भन्दै ब्याजदरकै कारण औद्योगिक वातावरण विग्रन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
चौथो निर्यात दिवसरको अवसरमा नेपाल निर्यात परिषद्ले राजधानीमा गरेको कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।
साथै उनले ब्याजदरमा स्थीरता छ भन्दैमा ६ प्रतिशतमै कर्जा पाउनुपर्छ भन्ने सोच नराख्न पनि सुझाए ।
निक्षेपकर्तालाई उचित ब्याज नदिए निक्षेप जम्मा हुन समस्या हुने र फेरी कर्जादर बढ्न जाने तर्फ उनले उद्योगी व्यवसायीको ध्यानाकर्षण गराए ।
नेपाल चेम्बर अफ कर्मर्सका अध्यक्ष राजकाजी श्रेष्ठले निर्यातयोग्य बस्तुमा सरकारले दिने अनुदान लिन समेत पैसा खर्च गर्नुपर्ने स्थिति रहेको गुनासो गरे ।
कार्यक्रममा निर्यातकर्ताहरुले निर्यात बढाउनका लागि निर्यात गृहको स्थापना, निर्यात योग्य बस्तु उत्पादक र निर्यातकर्तालाई सहुलियतदरमा बैंकिङ ब्याज उपलब्ध गराइनुपर्ने लगायतका माग राखेका थिए ।
यसैबीच परिषद्को २२औं साधारणसभाले हरिबहादुर कार्कीलाई परिषद्को अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।




प्रतिक्रिया दिनुहोस्