Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


जातिय विभेदलाई अन्त्य गर्न सरकार प्रतिबद्ध छ– गृहमन्त्री खाँड


0
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नेपालमा हुने गरेको जातिय विभेदलाई सदाको लागि अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

कार्तिक ७ र ८ गते काठमाडौंमा भएको दलित अधिकार सुनिश्चितताको लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृहमन्त्रालय पुगेका दलित समुदायका नेता तथा जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले जातिय विभेद गर्न नपाउने भनि संविधानमा स्पष्ट प्रावधान रहेको उल्लेख गर्दै सो प्रावधानलाई पालना गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले जातिय विभेदलाई यही पुस्ताले सदाको लागि अन्त्य गर्नुपर्ने बताउनुभयो । आगामी पुस्ताले जातिय विभेदको विषयमा समय खर्च गर्नु नपरोस् भन्ने सबैको मानसिकता रहेको उहाँको भनाइ छ ।

गृहमन्त्री खाँडले चाडपर्व मनाउने क्रममा दलित समुदायमाथि नेपालको कुनै पनि भू–भागमा असमान व्यवहार नहोस् भन्नेमा राज्य प्रणाली संवेदनशील रहेको पनि बताउनुभयो । यसको निम्ति सम्बन्धित सुरक्षा निकायलाई परिपत्र गरिएको पनि उहाँले जानकारी गराउनुभयो ।

मन्त्री खाँडले विपदबाट पीडित नागरिकहरूलाई सरकारले राहत तथा पुनःस्थापना गर्ने पनि बताउनुभयो । क्षतिको विवरण अध्ययन गर्न सरकारले कार्यदल बनाएको र कार्यदलको प्रतिवेदन आएपछि आवश्यक निर्णय गरिने उहाँको भनाइ छ ।

Skip This