गरिबी निवारणमा काम हुन्छ : मन्त्री श्रेष्ठ « Image Khabar


गरिबी निवारणमा काम हुन्छ : मन्त्री श्रेष्ठ



चितवन, कात्तिक ९ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताउनु भएको छ ।

मंगलबार चितवनमा पत्रकारसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको जानकारी दिनुभयो ।

उहाँले गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने पनि प्रष्ट पार्नुभयो । अघिल्लो सरकारले गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नगरेको आरोप लगाउनुभयो ।

आफू आएपछि योजना बनाउने काम भइरहेको बताउनुभयो । मन्त्री श्रेष्ठले सुकुम्बासी समस्या समाधान संविधान अनुरुप गरिने जानकारी दिनुभयो ।