Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूबीच छलफलमा


0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच छलफल सुरू भएको छ।

पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवादबारे छलफल गर्न प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूबीच छलफल सुरू भएको हो।

१५ जना न्यायाधीशले छुट्टै छलफल गरेपछि राणासँग छलफलमा जुटेका हुन् । मन्त्रिपरिषदमा भाग मागेको आरोप लागेपछि प्रधानन्यायाधीश राणा विवादमा मुछिनु भएको छ । राजीनामा दिएर निकास दिन राणामाथि चौतर्फी दवाव बढेको छ।

सर्वोच्चका न्यायाधीश, बार एसोसिएन नेपाल, सर्वोच्च बारका साथै कतिपय वरिष्ठ अधिवक्ताहरू न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको छ।

यता, पदत्यागका लागि चौतर्फी दबाव बढे पनि प्रधानन्यायाधीश राणा भने अहिलेसम्म राजिनामा नदिने अडान लिनु भएकाे छ ।