Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


अपाङ्ग संघभित्र भ्रष्टाचार र अनियमितता बढेको भन्दै बिरोध प्रदर्शन


0
Shares

काठमाडौं, पुस २३ । अपाङ्ग संघभित्र भ्रष्टाचार र अनियमितता बढेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुले काठमाडौंमा धर्ना दिएका छन् ।

उनीहरुले शारीरिक रुपमा अशक्तहरुका लागि आएको बजेटमाथि अनियमितता भएको आरोप लगाउँदै कारबाहीको माग गरेका छन्

नेपाल अपाङ्ग संघको केन्द्रीय बोर्डमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नु पर्ने, सीपमुलक तालिम सञ्चालन गर्नु पर्ने, नयाँ कार्यसमितिविरुद्ध अख्तियारमा मुद्धा बिचाराधीन रहेकाले नियुक्ति रोक्नु पर्ने माग उनीहरुले राखेका छन् ।

नेपाल अपाङ्ग संघ संघर्ष समितिले अपाङ्गता भएका व्यक्तिहरुमाथि भएको विभेद अन्त्य नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।

उनीहरुले उच्च अदालत पाटनले अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा गरेको फैसलासमेत कार्यान्वयन गर्न माग गरेका छन् ।

खगेन्द्र नवजीवन केन्द्रमा जीर्ण भएका भवन र कोठा ममर्त गरिनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरु चिसोको कारण कठ्याङ्ग्रिदो अवस्थामा रहेकाले उनीहरुलाई सहुलियतपूर्ण रुपमा बस्ने, सुत्ने र खाने प्रबन्ध गर्न पनि माग पनि अघि सारेका छन् । 

Skip This