२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इरानमा १८० जना सवार विमान दुर्घटना


0
Shares

काठमाडौं, पुस २३ । युक्रेनको एउटा यात्रीवाहक विमान बुधबार बिहान इरानको राजधानी तेहरानमा दुर्घटनामा परेको छ ।

तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ ७३७ विमान दुर्घटनामा परेको हो ।

सो विमानमा १८० जना व्यक्ति सवार रहेको बताइएको छ ।

विमान युक्रेनको राजधानी किभका लागि उडेको थियो ।

दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन ।

इरानी समाचार एजेन्सी ‘फार्स’ले भने प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको जनाएको छ ।

दुर्घटनास्थलमा उद्धार टोली खटाइएको छ । यात्रीहरुको अवस्थाबारे केही सार्वजनिक भएको छैन ।