Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


‘किसानको खातामा पैसा’, महालक्ष्मी सुगर मिल आजदेखि सन्चालनमा आउने


0
Shares

सर्लाही, पुस २३ । सर्लाहीको गोडैता नगरपालिका–६, बगदहमा रहेको महालक्ष्मी सुगर मिल सन्चालन आउने भएको छ ।

किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सन्चालक वीरेन्द्र कनोडियाले मंगलबार बैंकमा जम्मा गरिदिएपछि बुधबारदेखि  सन्चालनमा  आउन लागेको हो ।

सन्चालक कनोडियाले रु ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा गरिदिएका थिए ।

गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सन्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सन्चालनमा आउने जानकारी दिए ।

सो मिलले किसानको करिब रु २१ करोड बाँकी भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।

‘किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ’–उनले भने–‘किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि सन्चालन हुन्छ ।’ रासस