२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘सुलेमानी हत्याको बदला’, इराकस्थित अमेरिकी सेनाको क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार


0
Shares

काठमाडौं, पुस २३ । इराकस्थित अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार भएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनकाअनुसार इराकको इर्बील र अल–असद सहरमा रहेका अमेरिकी सैन्य आधारशिविरलाई निशाना बनाइएको छ ।

कम्तीमा एक दर्जन क्षेप्यास्त्र प्रहार गरिएपनि घटनाबाट भएको क्षतिबारे भने विस्तृत विवरण आएको छैन ।

इरानी सेना रिभोलुस्नरी गार्डकाअनुसार इरानी शीर्ष कमान्डर सुलेमानीको हत्याको बदलास्वरुप अमेरिकाको थुप्रै सैन्य शिविरलाई इरानले निशाना बनाउनेछ ।

खासगरी खाडीका विभिन्न देशमा रहेर इरानविरुद्ध गतिविध गरिरहेका अमेरिकी शिविरहरुमा आक्रमण गर्ने चेतावनी इरानले दिएको छ । (एजेन्सी)