१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


‘म्यानचेस्टर डर्बी’मा सिटी विजयी, परेराले गरे आत्मघाती गोल


0
Shares

काठमाडौं, पुस २३ । इंग्लिस लिग कप फुटबलअन्तर्गत् मंगलबार राति भएको ‘म्यानचेस्टर डर्बी’मा सिटी विजयी भएको छ ।

म्यानसिटी ३–१ म्यानयु

म्यानचेस्टर युनाइटेडको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा पेप ग्वार्डियोलाको म्यानचेस्टर सिटीले ओले गुनार सोल्सायरको म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हरायो ।

गोलकर्ता

खेलमा सिटीलाई विजयी गराउन बर्नार्डो सिल्भा र रियाद माहारेजले एक/एक गोल गरे । म्यानचेस्टर युनाइटेडका परेराले एक आत्मघाती गोल गरेका थिए ।

युनाइटेडका लागि भने मार्कस रास्फोर्डले एक सान्त्वना गोल फर्काए ।

सिटीको फाइनल सम्भावना बलियो

पहिलो लेगमा हासिल गरेको ‘अवे’ जितले सिटीलाई फाइनल पुर्‍याउने सम्भावना बलियो भएको छ ।

पराजित टोली म्यानचेस्टर युनाइटेडको भने फाइनल प्रवेशको यात्रा कठिन भएको छ ।

दोस्रो लगे

सेमिफाइनलको दोस्रो लेग यही जनवरी २९ तारिखमा म्यानचेस्टर सिटीको मैदानमा हुनेछ ।

आजको खेल

‘काराबाओ कप’ फुटबलको दोस्रो सेमिफाइनल खेलमा बुधबार लेस्टर सिटी र एस्टन भिल्ला भिड्नेछन् ।