Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


सुन–चाँदीको भाउमा सामान्य कमी


0
Shares

काठमाडौं, पुस २२ । निरन्तर उकालो लागेर दैनिक रेकर्ड कायम हुँदै आएको सुनको भाउमा मंगलबार भने सामान्य कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले ओरालो लागेर तोलाको ७५ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार तोलामा ५०० ले नै उकालो लागेर तोलाको ७६ हजारको रेकर्ड कायम भएको थियो ।

यसदिन चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको ९०० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंन्स १५ सय ६७ डलर हाराहारीमा कारोबार भएको थियो ।