Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


‘आर्थिक विकासको राष्ट्रिय स्वार्थ पूरा हुने भए जुनसुकै परियोजना पनि ठीक’


0
Shares

काठमाडौं, पुस २२ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक विकासको राष्ट्रिय स्वार्थ पूरा हुने भए जुनसुकै परियोजना पनि ठीक हुने बताएका छन् ।

अहिले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा विवाद रहेको सन्दर्भमा उनले राष्ट्रिय स्वार्थ र आर्थिक विकासमा सहयोग पुग्ने भए जुनसुकै सहयोग लिँदा पनि उपयुक्त हुने बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘समावेशी विकास र समृद्ध नेपाल’सम्बन्धी छलफल कार्यक्रममा मन्त्री पोखरेलले सरकार कुनैपनि सैन्य गठबन्धनमा नजाने तर राष्ट्रिय विकास हुने कुरामा भने पछि नहट्ने स्पस्ट पारेका हुन् ।

मुलुकको हित र राष्ट्रिय विकासको मुद्दामा सरकार पछि नहट्ने पोखरेलको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले समावेशी विकास गर्दा प्रविधि र ज्ञानलाई मुख्य आधार बनाउनुपर्ने बताए ।

वित्तीय समावेशीतामा सरकारले जोड दिएको भन्दै मन्त्री खतिवडाले समावेशी आर्थिक विकासको लागि समान वित्तीय पहुँच कायम गर्नुपर्ने बताए ।

संघ, प्रदेश र स्थानीय तहले पनि वित्तीय समावेशीतामा उत्तिकै ध्यान दिनुपर्ने र उत्तरदायी भइ काम गर्नुपर्ने मन्त्री खतिवडाको भनाइ छ ।

कार्यक्रममा सहभागीहरुले मुलुकमा आर्थिक विकासको लक्ष्य पूरा गर्नको लागि पनि वित्तीय समावेशीतामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।