
काठमाडौं, पुस २२ । मंगलबार पनि सेयरबजारमा दोहोरो अंकको सुधार जारी रह्यो । कारोबार पनि अर्ब नाघ्यो ।
साताको तेस्रो दिन लगातार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लागेको हो ।
यसदिन पनि नेप्से १६ अंकले उकालो लागेर १२ सय १६ पुग्यो । उत्पादनमूलक र होटल समूहबाहेक कारोबार भएका अरु सबै समूह सकारात्मक रहे ।
निर्जीवन बिमा समूह सबैभन्दा उच्च ८६ अंकले उकालो लाग्यो । लघुवित्त, विकास बैंक, वाणिज्य बैंक र जलविद्युत् समूह पनि दोहोरो अंकले उकालो लागेसँगै नेप्से पनि दोहोरो अंकले सुधारिएको हो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीका ३८ लाख ८० हजार कित्ता सेयर एक अर्ब १० करोड रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्