११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


युरोपका अधिकांश मुलुकमा तापक्रम बढ्यो, जनजीवन प्रभावित


0
Shares

एथेन्स, साउन १८ । युरोपका आधिकांश देशमा तापमान निकै बढेको छ ।

केही राष्ट्रमा तापक्रम बढ्ने क्रम रहेकाले जनजीवनमा असर पार्ने अनुमान युरोपको मौसम पूर्वानुमान महाशाखाले गरेको छ । ग्रीसको तापक्रम अहिले ४८ डिग्री सेल्सियस पुगेको छ । स्पेन र पोर्चुगलको तापक्रमले ४७ डिग्रीको उचाइ छोएको छ ।

तापमान बृद्धिसँगै त्यहाँको जनजीवन प्रभावित बन्नुका साथै पर्यटकहरु मारमा परेका छन् । मौसम पूर्वानुमान महाशाखाले तापमान अझै केही दिनसम्म बढेकै अवस्थामा रहने हुनाले सम्बन्धित देशका सर्वसाधारणलाई सचेत रहन अपील गरेको छ ।

उता, इटलीमा पनि तापक्रम ४७ दशमलव ५ डिग्री पुगेकाले रोमका जनता प्रभावित भएका छन् । तापक्रममा भारी बृद्वि भएसँगै युरोपका अधिकांश शहरका मानिसको हिँडडुलमा कमी आएको छ । (एजेन्सी)