Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


रसुवाको क्याञ्जिन हुदै हेलम्बुको गञ्जला पाससम्मको पदयात्राको संभाव्यता अध्ययन


0
Shares

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै सिन्धुपाल्चोकको हेलम्बु जाने ‘गन्जला पास’ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।

बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन विकास आयोजनाले ‘गन्जला पास’ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेकोे हो ।

रसुवाको क्यान्जिन उपत्यकाबाट तीन दिनको यात्रा गरेपछि पुगिने हेलम्बु उच्च हिमाली क्षेत्र पार गर्नुपर्ने भएकाले साहसिक पर्यटकहरुका लागि यो पदमार्ग उपयूक्त हुने देखिएको बागमती प्रदेश पर्यटन विकास आयोजना प्रमुख बिष्णु बहादुर भण्डारीले बताउनुभयो ।