२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


अमेरिकाले भन्यो, ‘इराकबाट आफ्ना सैनिक हटाउने कुनै योजना छैन्’


0
Shares

एजेन्सी । अमेरिकाले इराकबाट आफ्नो सुरक्षा दस्ता फिर्ता लैजान योजना नरहेको स्पष्ट पारेको छ । अमेरिकी सुरक्षा सचिव मार्क एस्परले अमेरिकी सेनाले इराकबाट फिर्ता बोलाउने हल्ला मात्र भएको बताएका छन् ।

यसअघि इराकको संसदले अमेरिकी सेना फिर्ता पठाउने निर्णय गरेपनि आफूहरुले थप सैनिक भर्ना गर्ने ह्वाइट हाउसले स्पष्ट पारेको छ ।

अमेरिकाको हवाइ आक्रमणमा शीर्ष इरानी सैन्य कमाण्डर कसेम सोलेमानी मारिएपछि दुई देशको सम्बन्ध थप बिग्रिएको हो । राष्ट्रपति ट्रम्पको निर्देशनमै सोलेमानीको गत शुक्रबार बगदादमा ड्रोन हमलामा मृत्यु भएको हो ।

हत्यालगत्तै इरानले अमेरिकासँग बदला लिने चेतावनी दिएको केही समयपछि बगदादस्थित अमेरिकी दुतावास नजिकै कयौं बिस्फोट गराइएको समाचार सार्वजनिक भएका थिए ।