२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


कारोबार र नेप्से दुवैमा सुधार, नेप्से १२ सयमा


0
Shares

काठमाडौं, पुस २१ । सेयरबजारमा दोहारो अंकको सुधार सोमबार पनि जारी रह्यो ।

यसदिन पनि कारोबार र नेप्से दुवैमा सुधार आयो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १८ अंकले उकालो लागेर १२ सय पुग्यो । व्यापारबाहेक अरु सबै समूह सकारात्मक रहे ।

लघुवित्त, वाणिज्य बैंक र विकास बैंक समूहमा दोहोरो अंकको सुधार आएसँगै नेप्से पनि उल्लेख्य दरले बढेको हो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७८ कम्पनीका २६ लाख ८३ हजार कित्ता सेयर ८४ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।