Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


हनुमानढोका दरबारअगाडिका प्रहरी कार्यालय, सेनाको कोत र स्कुल हटाउने तयारी


0
Shares

काठमाडौं, पुस २१ । विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबारअगाडि रहेका प्रहरी कार्यालय, सेनाको कोत र दुईओटा स्कुल हटाउने तयारी गरिएको छ ।

सिंहदरबारमा सोमबार भएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सो जानकारी दिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सेनाको कोतको पुरानो संरचनालाई संरक्षण गर्ने र नयाँ हटाइने बताए ।

यस्तै, श्रीकन्या माध्यमिक विद्यालय र कान्ति ईश्वरी माध्यमिक विद्यालय हटाएर खुला स्थान बनाउने पनि प्राधिकरणले जनाएको छ ।

रानीपोखरीदेखि रत्नपार्क, टुँडिखेलदेखि रंगशालासम्म जोड्ने गुरुयोजनासमेत तयार भइरहेको पनि ज्ञवालीले जानकारी दिए ।

उपत्यकामा रहेका सातओटै विश्व संम्पदाको संरक्षण गर्नेगरी पुनःनिर्माणको काम भइरहेको भन्दै उनले रानीपोखरीको पुनःनिर्माण आगामी वैशाखसम्म सकिने दाबी गरे ।