
काठमाडौं, पुस २१ । अष्ट्रेलियामा पानी परेसँगै तापक्रममा गिरावट आएपनि विनाशकारी डढेलो भने अझै उग्र हुने अधिकारीहरुले जनाएका छन् ।
तर, साउथ वेल्सको केही भागदेखि सिड्नीसम्म नै पानी परेपछि केही राहत भएको छ ।
आउँदो बिहीबार तापक्रम अत्यधिक बढ्ने अधिकारीहरुले चेतावनी दिएका छन् ।
भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्ररुप लिने उनीहरुको भनाइ छ ।
डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना बाँडिरहेका छन् ।
यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनाश भएका छन् । यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपत्कालीन चेतावनी आएका छैनन् ।
गएको सेप्टेम्बरबाट सुरु भएको डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्