२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


सुनको मूल्यमा वृद्धि


0
Shares

काठमाडौं, कात्तिक ४ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ तोकिएको छ ।

बुधबारको तुलनामा तीन सय रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले वृद्धि भएर १२ सय ६० रुपैयाँका कारोबार भइरहेको छ ।

बुधबार एक हजार २३५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको भएको थियो ।