
बैतडी, साउन १८ । लक्षित समुदायको बजेटमा अनियमितता गरेको आरोप लगाउँदै बैतडीको मेलौली नगरपालिका वडा नं २ को कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका छन् ।
लक्षित समुदायका लागि वडा कार्यालयले गत बर्ष ७५ हजारका दरले रकम छुट्याएको तर कर्मचारीहरुले उनीहरुको माग विपरीत कम्बल खरीद गरेकाले तालाबन्दी गरेको स्थानीय देव जोशीले जानकारी दिए ।
स्थानीयले लक्षित समुदायको बजेटमा भएको अनियमितताका बिषयमा छानबिन हुनुपर्ने माग गर्दै संघर्ष समिति समेत गठन गरेका छन् । लक्षित समुदायको बजेटबाट बाख्रापालन लगायतका कामहरु गर्नका लागि वडा कार्यालयमा आशय पत्र दिएको भए पनि कर्मचारीहरुले आफ्नै तरिकाले कम्बल खरीद गरेको स्थानीयहरुको आरोप छ ।
यो बिषयमा आफुसँग समेत कर्मचारीहरुले कुनै सल्लाह नगरेको वडा अध्यक्ष महेन्द्रबहादुर चन्दले बताए ।
प्रतिक्रिया दिनुहोस्