
काठमाडौं, पुस २१ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।
पाँचौं चरणको सोमबार दशरथ रंगशालामा भएको पहिलो खेलमा जावलाखेल र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् ।
यो बराबरीपछि दुवै टोलीले एक/एक अंक जोडेका छन् ।
जावलाखेल ९ अंकसहित लिग तालिकाको चौथो स्थानमा रहेको छ । समान अंक नै भएपनि त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा रहेको छ ।
दोस्रो स्थानको मच्छिन्द्र क्लबको ९ अंक नै छ भने शीर्ष स्थानको मनाङ–मर्स्याङ्दी क्लबको १० अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्