Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


सडक खन्ने क्रममा पहिरोमा परि डोजर चालक वेपत्ता


0
Shares

म्याग्दी, काठमाडौं, पुस २१ । म्याग्दीको पश्चिमी क्षेत्र धवलागिरी गाउँपालिका–७ रानीवनमा सडक खन्ने क्रममा पहिरोले एउटा डोजर पुरिँदा चालक वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा धवलागिरी गाउँपालिका–४ खिवाङका ४० बर्षिय शेरबहादुर पुन छन् ।

हिलापोखरीदेखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सडक माथिबाट गएको पहिरोले पुरिँदा उनी वेपत्ता भएका हुन् ।

स्थानीय र ताकम प्रहरी चौकीको टोलीले पुनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।