२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


आतंकवादी आक्रमणमा एक अमेरिकी सैनिकसहित दुई ठेकेदार मारिए


0
Shares

एजेन्सी । केन्याको सैन्य शिविरमा भएको आक्रमणमा एक अमेरिकी सैनिकसहित दुई जना ठेकेदार मारिएका छन् ।

इस्लामी आतंकवादी समूह अल सवावले केन्याको लामू शहरको तटीय क्षेत्रमा रहेको केन्याली र अमेरिकी सेनाले प्रयोग गर्ने शिविरमा आक्रमण गरेको हो ।

आक्रमणमा रक्षा विभागका अन्य दुई जना घाइते भएको अमेरिकी सेनाले पुष्टि गरेको छ । अल सववा अलकायदासँग नजिक रहेका आतंकवादी संस्था हो ।

यसको मुख्यालय सोमालियामा रहेको बताइएको छ । यो समूहले एक दशकअघि देखि आफ्ना गतिविधिलाई बढाउँदै आएको छ ।

गत डिसेम्बरमा पनि सोमालियाको राजधानी मोगादिसूमा भएको बम बिस्फोटमा ८० जनाको मृत्यु भएको थियो ।