च्याम्पियन्स लिग : लिभरपुल र सिटी विजयी, पिएसजीको जितमा मेस्सीको दुई गोल « Image Khabar


च्याम्पियन्स लिग : लिभरपुल र सिटी विजयी, पिएसजीको जितमा मेस्सीको दुई गोल



एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा गएराति शिर्ष क्लबहरु लिभरपुल, म्यान्चेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पिएसजी), रियाल मड्रिड, इन्टर मिलान र आयाक्स विजयी भएका छन् ।

इंग्लीश क्लब लिभरपुलले स्पेनको एथ्लेटिको मड्रिडलाई उसैको मैदानमा ३–२ ले हरायो । यही समूहको अर्को खेलमा पोर्चुगलको एफसी पोर्टोले इटालीको एसी मिलानलाई १–० ले हरायो ।

समूह ‘ए’ का खेलहरुमा फ्रान्सको पिएसजीले जर्मनीको आरबी लेग्जीगलाई ३–२ ले हराउँदा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले बेल्जीयमको क्लब ब्रुजमाथि ५–१ को फराकिलो जित निकाल्यो ।

यसैगरी समूह ‘सी’ का खेलहरुमा नेदरल्याण्ड्सको आयाक्सले जर्मनीको बोरुसिया डर्टमण्डलाई ४–० ले पाखा लगाउँदा पोर्चुगलको स्पोर्टीङले टर्कीको बेसिक्तासलाई ४–१ ले पराजित ग¥यो ।

यसैगरी समूह ‘डी’ का खेलहरुमा स्पेनको रियाल मड्रिडले युक्रेनको शख्तर डोनेत्स्कलाई ५–० ले पराजित गर्दा इटालीको इन्टर मिलानले मल्दोभाको शेरिफ तिरास्पोललाई ३–१ ले पराजित ग¥यो । च्याम्पियन्स लिग फुटबलमा बाँकी ४ वटा समूहका खेलहरु आज राती हुनेछन् ।