
काठमाडौं । मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सन्राइज बैंक लिमिटेड बीच समझदारी भएको छ ।
आइतबार महासंघमा आयोजित कार्यक्रममा महासंघका महानिर्देशक धरणीधर खतिवडा र सनराइज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरे ।
सहमति अनुसार महासंघमा आबद्व उद्यमीहरुलाई बैंकले उपलब्ध गराउने कर्जा उपभोग गर्दाको फाइदा, कर्जासंग सम्बन्धित जानकारीमुलक कार्यक्रमका साथै विशेषत महिलाहरुको उद्यमशीलता तथा महिला सशक्तिकरणका लागि सहुलियतपूर्ण कर्जाको अभिमुखिकरण कार्यक्रम संचालन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्