Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार पनि पौने अर्ब बराबर


0
Shares

काठमाडौं । साताको शुरुको दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लाग्यो । कारोबार पनि पौने अर्ब बराबर पुग्यो ।

बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर ११ सय ८२ पुग्यो । कारोबार भएका सबै समूह सकारात्मक रहे ।

जीवन बीमा समूह सबैभन्दा उच्च ८३ अंकले उकालो लाग्यो । निर्जीबन बीमा समूह पनि ५९ अंकले बढ्यो ।

लघुवित्त समूह पनि ४० अंकले उकालो लाग्यो । विकास बैंक, वाणिज्य बैंक र होटल समूह पनि दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७३ कम्पनीको २० लाख ८२ हजार कित्ता शेयर ७१ करोड २४ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।