Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


कुखुराको मासुमा सिन्धुली जिल्ला आत्मनिर्भर


0
Shares

सिन्धुली, साउन १८ । पछिल्लो समयमा व्यावसायिक रुपमा कुखुरा पालन फस्टाउन थालेपछि सिन्धुली जिल्ला कुखुराको मासुमा आत्मनिर्भर भएको छ ।

व्यावसायिक रुपमा ब्रोइलर कुखुरा पालनतर्फ किसानहरुको आकर्षण बढेसँगै सिन्धुली जिल्ला कुखुराको मासुमा आत्मनिर्भर भएको हो । जिल्लामा गत आर्थिक वर्षमा ३ हजार ४ सय १६ मेट्रिक टन कुखुराको मासु उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लाको कमलामाई, दुधौली नगरपालिका, सुनकोशी, गोलन्जोर, तिनपाटन, फिक्कल र मरिण गाउँपालिकाका किसानहरु छोटो समयमै आम्दानी गर्न सकिने ब्रोइलर कुखुरा पालनतर्फ आकर्षित भएका छन् ।  

व्यावसायिक कुखुरा पालनका लागि स्थानीय तह र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले किसानहरुलाई प्रदान गर्नेे अनुदान, कृषि सहकारी तथा युवा लक्षित कार्यक्रमहरुले कुखुरा पालन व्यवसाय गर्ने किसानलाई सहयोग गरेकाले पछिल्लो समय जिल्लामा कुखुरा पालन व्यवसाय फस्टाउदै आएको छ ।