१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


एफ.ए कप – म्यान्चेस्टर सिटी चौथो चरणमा प्रवेश, साउथह्याम्पटन र फुल्हम पनि विजयी


0
Shares

एजेन्सी । साविक विजेता म्यान्चेस्टर सिटी एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

गएराती आफ्नै मैदानमा भएको खेलमा पोर्ट भेललाई ४–१ ले पराजित गर्दै म्यान्चेस्टर सिटी चौथो चरणमा पुगेको हो ।

इंग्लीश फुटबलमा चौथो श्रेणीको लिग खेल्ने क्लब पोर्ट भेल विरुद्धको खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जियो अगुएरो, जिन्चेन्को, फिल फोदेन र हारउड बेलिसले एक एक गोल गरे ।

एफए कप तेस्रो चरणका अन्य खेलहरुमा साउथह्याम्पटनले हडर्सफिल्ड टाउनलाई २–० ले हराउँदा फुल्हमले एस्टन भिल्लामाथि २–१ को जित निकाल्यो ।

गएराती बर्न्ले, बर्मीङ्घम सिटी, हल सिटी, ब्रेन्टफोर्ड, मिलवाल र अक्सफोर्ड युनाईटेड पनि आ–आफ्नो खेल जित्दै चौथो चरणमा उक्लिएका छन् ।