
काठमाडौं, पुस १९ । काठमाडौंको भिनस बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो ११औं वार्षिक साधरणसभा सम्पन्न गरेको छ ।
साधरणसभामा सन्चालक समितिका अध्यक्ष दीपकराज दलीले सहकारी संस्थाहरुले समाजको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले समाजमा बचत गर्ने बानीको विकासमा सचेतना जागृत गर्ने काममा भूमिका खेल्ने बताए ।
कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष रघुवरभक्त मानन्धरले सहकारी संस्थालाई समाज सुधारका लागि उपयोग गर्न सकिने बताए ।
संस्थाको ऋण प्रवाह र आय–व्ययकोबारेमा सदस्यहरुलाई जानकारी गराइएको थियो ।
यस्तै, दीपक रजदलीको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्