Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


सडक ग्राभेल गर्दा अनियमितता भएको आरोप


0
Shares

कन्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिमा सडक ग्राभेलको काममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् ।

जनप्रतिनिधिकै मिलिमोतोमा सडक ग्राभेल गर्दा अनियमितता भएको उनीहरुको आरोप छ ।

बसन्थलाको एक किलोमिटर सडक ग्राभेल गर्न सुदूरपश्चिम प्रदेशले ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

मापदण्ड अनुसार ग्राभेलको काम नहुँदा सडक हिलाम्य भएर हिड्न समस्या भएको छ ।

यस्तै एक वडा एक कालोपत्रे सडक कार्यक्रम अन्र्तगत वडा कार्यालयले निर्माण गरेको बसन्थलाको कालोपत्रे सडक पनि एक वर्ष पुरा नहँुदै भत्किएको छ ।

बेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेश बहादुरसिंहले भने सडकको क्षमता भन्दाबढी लोड भएका सवारीसाधन चल्दा कालोपत्रे भत्किएको बताउँछन् ।