Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


सुनको मूल्य तोलामा एकैपटक एक हजारले बढ्यो


0
Shares

काठमाडौं, पुस १८ । पछिल्ला दिन सामान्यतः स्थीरजसो रहेको सुनको भाउमा शुक्रबार एकैपटक तोलामा एक हजार रुपैयाँले वृद्धि आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलाको ७३ हजार ५०० रुपैयाँमा स्थीर रहेको थियो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १५ सय ५० डलर हाराहारीमा कारोबार भएको थियो ।