परराष्ट्रमन्त्री खड्का स्वदेश फिर्ता « Image Khabar


परराष्ट्रमन्त्री खड्का स्वदेश फिर्ता


Border circle
Imagekhabar

काठमाडौं, असाज २७ । सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायण खड्का आज स्वदेश फर्किनुभएको छ ।

गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का यही असोज २२ गते बेलग्रेड प्रस्थान गर्नुभएको थियो ।

बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो । स्वदेश फर्किएलगत्तै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उक्त बैठक र आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री डा. खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्