
धनकुटा, पुस १८ । धनकुटामा आयोजित सहिद रिदामाहाङ्ग–रामालिहाङ्ग आठपहरिया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
शुक्रबार तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ‘टाइब्रेकर’मा ३–१ ले हराउँदै आर्मीले उपाधि उचालेको हो ।
लगातार वर्षा भइरहँदा निर्धारित् समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
‘पेनाल्टी सुटआउट’मा आर्मीका तर्फबाट रश्मी घिसिङ, पूजा रानामगर र निशा बोहोराले गोल गर्दा सशस्त्रकी मञ्जु थिङले मात्रै गोल गरिन् ।
उपाधिसँगै आर्मीले दुई लाख प्राप्त गर्दा उपविजेता सशस्त्रले एक लाख रुपैयाँ पुरस्कार पायो ।
प्रतिक्रिया दिनुहोस्